महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद

सारांश

  • दाङ, १४ असार ।
  • दाङको भालुवाङमा महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेहरुलाई ६ महिना कैद र २५ हजार जरिवाना हुने भएको छ ।
  • प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कुटपिटमा संलग्न दाङको राप्ती गाउँपालिका वडा नं.

दाङ, १४ असार । दाङको भालुवाङमा महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेहरुलाई ६ महिना कैद र २५ हजार जरिवाना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कुटपिटमा संलग्न दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई स्थानीय प्रशासनले कैद र जरिवाना तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५÷२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने फैसला गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– ९ ठाडोखोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले निर्घात कुटपिट गरेका थिए ।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा हेर्न आएको मौका छोपी जबर्जस्ती घडेरी बेच्न कर गरेका थिए । दिलमायाले जग्गा बेच्दैन भन्दाभन्दै गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेका थिए

प्रहरीले सोही दिन सामान्य झगडा भन्दै मिलापत्र गराएर छोडेको थियो । तर, दुई महिलाले “निर्वस्त्र” पारी अमानवीय ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि प्रहरीले जेठ २७ गते गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
बाटो समाउँदै संविधान
बाटो समाउँदै संविधान
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

तपाईंले छुटाउनुभयो कि?