बुहारी मार्ने अधिकारी पुर्पक्षमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १३, २०७७
|
|
१८ पटक हेरिएको
Shares
बुहारी मार्ने अधिकारी पुर्पक्षमा

सारांश

  • जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
  • न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
  • अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।

बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए । रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला
सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला
भागबन्डा गरेपछि प्रदेशमा मुख्य पद कसले समाल्ने !
देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
आगो लगाएर हत्या गरेको आरोप
आगो लगाएर हत्या गरेको आरोप
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट

तपाईंले छुटाउनुभयो कि?