मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
४३ पटक हेरिएको
Shares
मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

सारांश

  • काठमाडौँ, ११ फागुन , नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
  • उहाँले भन्नुभयो, “आजको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।

काठमाडौँ, ११ फागुन , नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।”

त्यसैगरी बैठकले दुई पार्टीबीच एकताका क्रममा यही फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले पार्टी एकीकरणमा रहेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने निर्णयसमेत गरेको छ तर पार्टीको सदस्यता नवीकरण तथा विस्तार र आन्तरिक प्रशिक्षणलाई भने जारी राख्न बैठकले निर्देशन दिएको छ ।

(Zolpidem)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok….kp…..oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
कमल थापालाई वाम गठबन्धनको चुनौती !
कमल थापालाई वाम गठबन्धनको चुनौती !
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
अब सवारीमा जोर-बिजोर
अब सवारीमा जोर-बिजोर
बामदेव गौतमलाई अर्को ढोका बन्द
बामदेव गौतमलाई अर्को ढोका बन्द
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु