सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
५६ पटक हेरिएको
Shares
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने

सारांश

  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
  • कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
  • कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ।

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब प्रधानमन्त्री ओलीले केक खुवाए…
जब प्रधानमन्त्री ओलीले केक खुवाए…
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
राजश्वका कर्मचारी जेल जाने !
राजश्वका कर्मचारी जेल जाने !
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
निरन्तर विभाजनले खुम्चियो राप्रपा
निरन्तर विभाजनले खुम्चियो राप्रपा