भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
सारांश
- काठमाडौं, माघ ५ ।
- विवेकशील साझा पार्टीले भारतले नेपालको सीमाना मिचेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।
- आज एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमामा भैरहेको सीमा सर्वेक्षणबारे हालसम्मको कार्यप्रगति समग्र देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं, माघ ५ । विवेकशील साझा पार्टीले भारतले नेपालको सीमाना मिचेको भन्दै ध्यानकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमामा भैरहेको सीमा सर्वेक्षणबारे हालसम्मको कार्यप्रगति समग्र देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।
पार्टी प्रवक्ता रमेश पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पर्सा जिल्लाको वीरगञ्ज नगरपालिकास्थित नेपाल–भारत सीमामा नेपाली पक्षको ३० विघाभन्दा बढी जमिन मिचिएको भन्ने समाचारबारे समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सीमामा हराएका र क्षतिग्रस्त पिलरहरुको निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१ छप्कैया क्षेत्रमा स्थानीयबासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्नेबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रतिक्रिया