प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • झापा, भदौ ३१ ।
  • जिल्लाको क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ ।
  • सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो ।

झापा, भदौ ३१ । जिल्लाको क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो ।

यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।

विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् । सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो । यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ । त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ ।

त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि रु तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।

दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि रु ४२ करोड खर्च हुने बताइएको छ ।

यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
जनप्रतिनिधि शासक बन्दैछन्ः बस्नेत
जनप्रतिनिधि शासक बन्दैछन्ः बस्नेत
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
कालीगण्डकीको बिजुली आजदेखि भारत निर्यात
कालीगण्डकीको बिजुली आजदेखि भारत निर्यात
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल

तपाईंले छुटाउनुभयो कि?