ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
३४ पटक हेरिएको
Shares
ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय

सारांश

  • काठमाडौं, १६ असोज ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
  • आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनबारे अझै कुरा मिल्न सकेको छैन । सहमति बन्न नसकिरहँदा प्रधानमन्त्री ओलीले मुख्य सचिव र राजदूतको नियुक्ति गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।

शनिबार सचिवालय बैठक बसेर विवाद समाधानबारे छलफल गर्ने तयारी भएको छ । नेकपाभित्र दुई अध्यक्षबीच समस्या बढ्दा सचिवालयले समाधानको प्रयास गर्दै आएको छ ।-फाइल तस्बीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?