यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२७ पटक हेरिएको
Shares
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत

सारांश

  • काठमाडौँ ।
  • यू–१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।
  • टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएकोमा नेपालले १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
काठमाडौँ । यू–१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएकोमा नेपालले १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।  
नेपालको लागि रित गौतमले नटआउट ३९, पवन सर्राफले १९ र आसिफ शेखले २६ रन बनाए । दोस्रो विकेट झरेपछि मैदानमा गएका कप्तान रोहित कुमार पौडेलले पहिलो बलमै छक्का हान्दै नेपालको जीत सुनिश्चित गरे । 
यसअघि मलेसियाको पूरा टिम ३३.५ ओभरमा ९२ रनमा समेटिएको थियो । लेजाट डेनियल फिक्रीले सर्वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलर कुशल मल्ल र पवन सराफले ३–३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?