अध्यक्षको मनोमानीको कारण नाट्टामा चरम विवाद : कार्यसमिति बैठक समेत बस्न सकेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अध्यक्षको मनोमानीको कारण नाट्टामा चरम विवाद  : कार्यसमिति बैठक समेत बस्न सकेन

सारांश

  • काठमाडौं ।
  • नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्यसमितिभित्र चरम विवाद देखिएको छ ।
  • विधान संशोधन र प्रमुख कार्यकारी अधिकृतको पदावधी थप गर्ने विषयमा अध्यक्ष र कोषाध्यक्षसहित केही पदाधिकारीहरुले मनोपोली गर्न थालेपछि विवाद चर्किएको नाट्टा विशेष स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्यसमितिभित्र चरम विवाद देखिएको छ । विधान संशोधन र प्रमुख कार्यकारी अधिकृतको पदावधी थप गर्ने विषयमा अध्यक्ष र कोषाध्यक्षसहित केही पदाधिकारीहरुले मनोपोली गर्न थालेपछि विवाद चर्किएको नाट्टा विशेष स्रोतले जानकारी दिएको छ ।

विवादकै कारण लामो समयदेखि कोरम नपुगेर कार्यसमितिको नियमित बैठक समेत बस्न सकेको छैन् । अध्यक्ष र कोषाध्यक्षसहितका केही पदाधिकारी अघिल्लो साधारण सभाबाट विधान संशोधन प्रस्ताव असफल भइसकेपछि पुन विशेष साधारण सभा गराएरै भएपनि विधान संशोधन गराउने पक्षमा तीब्र लविङ्ग गरिरहेका छन् ।

त्यस्तै लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर हरी शर्माको पदावधी थप नगर्ने पक्षमा उनीहरुको अडान रहेको छ ।

तर अन्य सदस्यहरु भने लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका शर्माको नाट्टालाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका रहेको भन्दै तत्काल हटाउन नहुने र साधारण सभाबाट असफल भइसेकको विधान संशोधन गर्न नहुने पक्षमा छन् ।

त्यस्तै विभिन्न सभा, समारोह र मेला–महोत्सवमा पनि अध्ययक्षले आफू र आफ्ना नजिकका आसेपासेलाई मात्र विदेश सयरमा पठाउने गरेको भन्दै अन्य सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?