राजपामा पहिरोः दुई महासचिवले पार्टी छाडे

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
राजपामा पहिरोः दुई महासचिवले पार्टी छाडे

सारांश

  • काठमाडौं ।
  • प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन राष्ट्रिय जनता पार्टीका दुई महासचिवले पार्टी छाडेका छन् ।
  • ६ वटा मधेशी पार्टी मिलेर बनेको राजपाका महासचिव तथा बीरगंजका प्रभावशाली नेता विमल श्रीवास्तव र अर्का महासचिव जंगीलाल रायले उम्मेदवारी दर्ताको अघिल्लो दिन आज पार्टी परित्याग गरेका छन् ।

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन राष्ट्रिय जनता पार्टीका दुई महासचिवले पार्टी छाडेका छन् । ६ वटा मधेशी पार्टी मिलेर बनेको राजपाका महासचिव तथा बीरगंजका प्रभावशाली नेता विमल श्रीवास्तव र अर्का महासचिव जंगीलाल रायले उम्मेदवारी दर्ताको अघिल्लो दिन आज पार्टी परित्याग गरेका छन् । राजपाले बीरगंज महानगरपालिकाको मेयरमा श्रीवास्तवलाई टिकट नदिई अर्का महासचिव राजेशमान सिंहलाई दिएपछि उनले पार्टी परित्याग गरेका हुन् ।

श्रीवास्तव बीरगंज महानगरपालिकाका मेयरका प्रभावशाली उम्मेदवार थिए । उनले २०५४ को स्थानीय निकाय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तत्कालीन बीरगंज नगरपालिकाको मेयरमा चुनाव जितेका थिए । उनलाई राजपाले टिकट नदिएपछि उनले आजै पार्टी परित्याग गरी विजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।

राजपाको अध्यक्ष मण्डलमा रहेका नेताहरुले मनपरी टिकट बितरण गरेपछि श्रीवास्तव र रायले पार्टी परित्याग गरेको बताएका छन् । राजपाबाट बीरगंज महानगरपालिकाको उम्मेदवार श्रीवास्तवलाई नबनाएपछि उनी रुष्ट भएर फोरम लोकतान्त्रिक प्रवेश गरेका हुन् । लोकतान्त्रिक फोरमले उनलाई बीरगंज महानगरको मेयरमा उम्मेदवार बनाउने भएको छ । महासचिव जंगीलाल रायले अध्यक्ष मण्डलले उम्मेदवार चयनमा मनपरी गरेको भन्दै पार्टी छाडेको बताएका छन् ।

यसअघि राजपाका धेरै केन्द्रीय सदस्यहरुले पार्टी छाड्दै माओवादी, एमाले र कांग्रेसमा प्रवेश गरिसकेका छन् । ६ वटा पार्टी मिलेर बनेको राजपामा चुनावको टिकटका कारण महासचिव तहकै नेताले छाडेपछि उक्त पार्टीलाई धक्का लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?