जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु

सारांश

  • गाजा।
  • जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन्।
  • गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

गाजा। जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन्।

गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रामणमा परी हालसम्म १ सय ९५ जना मारिएका पुष्टि भएका छ भने १२० जना अझै बेपत्ता रहेका छन्। कम्तिमा पनि ७७७ जना घाइते हुन पुगेका छन्।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मंगलबार र बुधबार भएकाे इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन्।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ।

इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?