पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या

सारांश

  • स्याङजा, १३ कात्तिक ।
  • कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
  • पुतलीबजार नगरपालिका–६ पुरीस्वाराका २९ वर्षीय सुर्य बहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

स्याङजा, १३ कात्तिक । कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–६ पुरीस्वाराका २९ वर्षीय सुर्य बहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् । सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा झगडा हुँदा सुर्य बहादुर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल हुँदै थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरेको हो । साथै उक्त घटनाको थप अनुसन्धानका लागि २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?