एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी

सारांश

  • काठमाडौं ।
  • प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।
  • एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए ।

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए ।                                                                                           पार्टी पक्ति उत्साहजनक ढंगले परिचालन भएको, पार्टी प्रवेश गर्ने क्रम पनि बढेको एमाले नेताहरुको ब्रिफिङ थियो ।

सचिव योगेश भट्टराई ले भने, ‘सबै जिल्लाबाट उत्साहजनक रिपोर्टहरु आएको छ । कम्तिमा ६० बढी सिट जितेर पहिलो पार्टी बन्छौं ।’

बैठकले केन्द्रीय नेताहरु, सांसद, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिका साथै मोर्चा संगठनका नेतालाई प्रदेश २ को चुनावमा खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?