सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !

सारांश

  • काठमाडौँ, ६ भदौ ।
  • क्यारेवियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले ४ खेलमा ७ विकेट लिएका छन् ।
  • बुधबार भएको खेलमा सन्दिपले आफ्नो टिम एसटि किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि २ विकेट लिएपछि सन्दिप धरै विकेट लिने खेलाडीको सूचीमा ४ नम्बरमा परेका हुन् ।

काठमाडौँ, ६ भदौ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले ४ खेलमा ७ विकेट लिएका छन् । बुधबार भएको खेलमा सन्दिपले आफ्नो टिम एसटि किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि २ विकेट लिएपछि सन्दिप धरै विकेट लिने खेलाडीको सूचीमा ४ नम्बरमा परेका हुन् । यस प्रतियोगितामा उनले ४ खेलबाट  ७ विकेट लिइसकेका छन् ।

बुधबार भएको खेलमा नेभिस पेट्रियोट्सले एसटि लुसिया स्टार्सलाई ७ विकेटले हराएको थियो । ७० रनको झिनो लक्ष्य नेभिस प्याट्रियोट्सले मात्र ७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायो । सन्दिपले लिएका २ विकेट मध्ये एक विकेट अष्ट्रेलियन अनुभवी खेलाडी डेविड वार्नरको थियो । मात्र २ ओभर बलिङ गरेका उनले १३ रन खर्चेर २ विकेट लिएका थिए ।


सन्दिप यस प्रतियोगिताको बलिङका धेरै विधामा शिर्ष ५ भित्र अटाएका छन् । मात्र ४ खेल खेलेका उनले ७ विकेट लिँदै विकेट लिनेको सूचीमा ४ नम्बरमा छन् भने ४ खेलमा १३ ओभर बलिङ गर्दै मात्र ६३ रन खर्चेर कम रन खर्चिने खेलाडीको सूचीमा २ नम्बरमा परेका छन् । उनी विश्वका उत्कृष्ट मानिएका खेलाडीहरु भन्दा पनि अगाडी रहेका छन् ।


नेपाली राष्ट्रिय क्रिकेट टोलि यतिबेला एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको छ । सन्दिप भने प्रतियोगिता खेल्न सिधै मलेसिया जानेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?