कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, कुल मृत्यु हुनेको संख्या ४ सय ५३

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ८ असोज ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १७ जनाको मृत्यु पुष्टि भएको छ ।
  • आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

काठमाडौं, ८ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मृत्यु हुनेहरुमा पाँच महिला र १२ पुरुष छन् । जसमध्ये काठमाडौं उपत्यकाका छजना छन् ।

आज एघारजना वृद्धवृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ रहेको छ ।

मृतकको विवरण
१. झापाका ७८ वर्षीय पुरुष
२. मोरङका ५० वर्षीय महिला
३. काठमाडौंकी ८२ वर्षीया महिला
४. काठमाडौंका ७५ वर्षीय पुरुष
५.काठमाडौंका ७९ वर्षीय पुरुष
६.काठमाडौंका ८० वर्षीय पुरुष
७. सुनसरीका ८१ वर्षीय महिला
८. धनुषाका ६८ वर्षीय पुरुष
९. धनुषाका ७० वर्षीय पुरुष
१०.रौतहटका ६५ वर्षीय पुरुष
११.भक्तपुरका ७३ वर्षीय महिला
१२. भक्तपुरका ८४ वर्षीय पुरुष
१३. धादिङका ३२ वर्षीय महिला
१४.तनहुँका ३९ वर्षीय पुरुष
१५. दाङका ३९ वर्षीय पुरुष
१६. कपिलवस्तुका ५० वर्षीय पुरुष
१७. नवलपरासीका ५५ वर्षीय पुरुष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?