काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण

सारांश

  • काठमाडौं, २५ कार्तिक ।
  • निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जोको विरुवा, धुलो प्याकेट र चिया प्याकेट वितरण गरिरखेका छन् ।
  • उनले गुर्जोको उपयोगिताबारे प्रकाश पार्दै यतिवेला काठमाडौं उपत्यकाका विभिन्न खुल्ला ठाउँमा यस्तो अभियान चलाएका छन् ।

काठमाडौं, २५ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जोको विरुवा, धुलो प्याकेट र चिया प्याकेट वितरण गरिरखेका छन् । उनले गुर्जोको उपयोगिताबारे प्रकाश पार्दै यतिवेला काठमाडौं उपत्यकाका विभिन्न खुल्ला ठाउँमा यस्तो अभियान चलाएका छन् ।

=उनकाअनुसार गत कार्तिक २३ गते विहान काठमाडौंको ईन्द्रचोकमा १७००, सिद्वीपुर ५००, पाटन दरवार स्क्वायर १५०० र हिजो कार्तिक २४ गते (मनमोहन पार्क बल्खु मा ३०० गुर्जोरोपन, टोखा नगरपालिका वडा नं. ५,६,७ मा ५००,रत्नपार्कमा १२००, थापाथलीमा २०० गुर्जोको बेर्ना बितरण गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक राम प्रसाद पन्थीलगायतको सक्रिय सहभागिता रहेको थियो । ती सबै कार्यक्रममा गुर्जोको चिया पनि उपस्थितिहरुलाई खुवाईएको राजलवटले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?