जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु

सारांश

  • जिल्लाको दशरथचन्द नगरपालिकामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
  • आज दिउँसो बड्डामा ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा उक्त घटना भएको हो ।
  • घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिकामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आज दिउँसो बड्डामा ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा उक्त घटना भएको हो ।

घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु हुनेहरुको पहिचान भएको छ । दशरथचन्द नगरपालिकाको जर्गगाउँका भगिरथ पाण्डे, देहिमाडौंका कृष्ण लावड, बस्कोटकी पावर्त चन्द र अर्की पार्वती चन्द र सुनर्या गाउँपालिकाकी कलावती चन्द छन् ।

भारतीय बजार झलाघाटबाट पेन्सन बुझेर फर्किइरहेकाहरु दुर्घटनामा परेको बुझिएको छ । उनीहरु पेन्सन बुझ्दै आएका र अधिकांश ७० वर्ष माथिका छन् ।

घटनामा जीप चालक गोपाल कार्की फरार भएपछि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?