सिसडोलबासीले फोहोरको गाडीलाई अवरोध नगर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
५० पटक हेरिएको
Shares
सिसडोलबासीले फोहोरको गाडीलाई अवरोध नगर्ने

सारांश

  • सहमति अनुसार सिसडोलका स्थानीयले काठमाडौंबाट फोहोर लिई जाने गाडीलाई अवरोध गर्ने छैनन् ।
  • उनीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्रसमेत तत्काल अधिग्रहण गर्नुपर्ने लगायत माग राख्दै ५ दिनदेखि फोहोर लिएर आउने गाडी रोकेका थिए ।
  • महानगर र सिसडोलवासीबीचको सहमतिमा स्थानीयको माग पूरा गर्न दुवै पक्षको प्रतिनिधित्व रहेको १३ सदस्यीय समिति गठन भएको छ ।

सहमति अनुसार सिसडोलका स्थानीयले काठमाडौंबाट फोहोर लिई जाने गाडीलाई अवरोध गर्ने छैनन् । उनीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्रसमेत तत्काल अधिग्रहण गर्नुपर्ने लगायत माग राख्दै ५ दिनदेखि फोहोर लिएर आउने गाडी रोकेका थिए ।

महानगर र सिसडोलवासीबीचको सहमतिमा स्थानीयको माग पूरा गर्न दुवै पक्षको प्रतिनिधित्व रहेको १३ सदस्यीय समिति गठन भएको छ । समितिले सिफारिस गरेअनुसार महानगरले स्थानीयको माग पूरा गर्नेछ ।

पहिलो बैठकले समितिका संयोजक तोक्नेछ । समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउने र त्यसैअनुसार माग पूरा गर्दै जाने सहमति भएको बैठकमा सहभागी महानगरका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?