राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • मकवानपुर ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन् ।
  • गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले रु १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले रु १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा रु दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा रु तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा रु दुई लाख, प्रतिनिधि परिचालनमा रु चार लाख, प्रचारप्रसार सामग्रीमा रु एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा रु दुई लाख ५९ हजार चार सय ४० खर्च भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?