माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

सारांश

  • काठमाडौं ।
  •  नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् ।
  • सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।

काठमाडौं । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ– संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ ।

तत्काल कार्यगत एकता 
संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख छ । माओवादी केन्द्रले पनि राजनीतिक अस्थिरता भएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि आन्दोलनसमेत गर्न तयार रहेको बताउँदै आएको छ । दुई पार्टीबीच एकता नभए पनि कार्यकारी प्रमुखको मुद्दाले कार्यगत एकता हुन सक्ने नयाँ शक्तिका एक नेता बताउँछन् ।

माओवादीबाट आएका नेताहरुले बैठकमा पुनः माओवादीमै फर्किनुपर्ने आशयको धारणा राखेको नेता देवेन्द्र पौडेलले जाकनरी दिए । उनका अनुसार माओवादीसँग तत्काल एकता नभई कार्यगत एकता गरेर जान सकिन्छ ।

केशव दाहाल, डम्बर खतिवडालगायतले नयाँ शक्तिलाई नामजस्तै नयाँ बनाउनेपर्ने धारणा राखेका थिए । पुरानो पार्टीसँग भन्दा नयाँ पार्टीसँग एकता गरेर जानुपर्ने धारणा उनीहरुलेको छ । कतिपय नेताहरुले भने एक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउँदै संगठन थप सुदृढ गर्दै लानुपर्नेमा जोड दिएको पौडेलले जानकारी दिए ।

बैठकमा ९९ जना समिति सदस्य र आमन्त्रित ५७ जना सहभागी थिए । अधिकांश नेताले माओवादी केन्द्रसँग एकता गरेर जान दबाब दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
मनोहरा करिडोर तत्काल सञ्चालनमा आउने
मनोहरा करिडोर तत्काल सञ्चालनमा आउने
गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव
गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव
टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए

तपाईंले छुटाउनुभयो कि?