अब आकाशमै इन्टरनेट चलाउन पाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
४१ पटक हेरिएको
Shares
अब आकाशमै इन्टरनेट चलाउन पाइने

सारांश

  • काठमाडौं।
  • नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो ।

काठमाडौं। नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । 

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । 

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ । 

निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ । 

त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ । सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ । गोरखापत्रबाट ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
उच्च अंक ल्याएपनि गरिबीले छेक्यो उच्च शिक्षा लिन
उच्च अंक ल्याएपनि गरिबीले छेक्यो उच्च शिक्षा लिन
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
एउटै कोठामा तीनवटा मन्त्रालय !
एउटै कोठामा तीनवटा मन्त्रालय !
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला