कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३५ पटक हेरिएको
Shares
कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज

सारांश

  • अलिशा अधिकारी हरितालिका तीज हिन्दुनारीहरुको महान चाड हो ।
  • हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ ।
  • यसदिन नारीहरुले आफ्ना श्रीमानको दीर्घायूको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ।

अलिशा अधिकारी
हरितालिका तीज हिन्दुनारीहरुको महान चाड हो । हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ । यसदिन नारीहरुले आफ्ना श्रीमानको दीर्घायूको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ। देवादीदेव महादेवलाइ खुसि बनाउन आदिशक्ति माता पार्वतीले निर्जल ब्रत बसी महादेवलाइ प्रसन्न बनाउनु भएको र महादेव प्रशन्न भै त्यही दिनबाट हामीले महादेव र माता पार्वतीलाइ अर्धांगिनीको रुपमा पुज्दै आएको कथा पाइन्छ ।

अलिशा अधिकारी

तीजको दिन नारीहरु सोह्र सिंगारमा सजिई निर्जल ब्रत बस्ने चलन रहेको छ। यसदिन महादेवको पूजा गर्ने चलन रहेको छ। छोरीचेलीलाइ माइती बोलाइ उनीहरुलाइ विभिन्न परिकार खुवाएर रमाइलो नाजगानमा माइतीको पुराना यादहरु ताजगी गराउदै उपहार सहित सम्मान अनि खुसि बनाउने चलन रहेको छ। कहिले माइती जान नपाउने धेरै दुख पिडाहरु खपी राखेका महिला दिदिबहिनीहरु माइतीबाट कोहि लिन आउछ भनि दलिनमा बसेर कुर्ने तीजको दिनलाई निकै महत्वका साथ हेरिन्छ। हरेक हिन्दुनारीले जति दुःख पिडा भएनी यो दिनलाई आफ्नो खुसि र उत्सबको रुपमा लिने गरेको पाइन्छ । यो चाडलाई नारीहरुको महान चाड नै भन्ने गरिन्छ ।

ब्रत बस्ने, पूजा गर्ने, आफ्नो माइतीघरमा गइ सुख दुख साट्ने, मीठामीठा परिकारहरु खाने, नाजगान र रमाइलो गर्ने यो चाड अहिले उत्तरआधुनिक बन्दै गएको छ । चाडमा आधुनिकता मिसिएसँगै बिबाद अनि भड्किलो प्रदर्शन, गहना प्रदर्शनी, अनावास्यक धनराशीको प्रतिपर्धा हुन थालेको छ । यसले परम्परागतरुपमा चल्दै आएको चाडमाथि नै प्रश्न खडा गरिदिएको छ । त्यसै त यो पुरुष प्रधान समाज महिलाले गरेको सानो सानो गल्तिलाई पहाड बनाउन सिपालु छ । यीनै कुराहरुलाई लिएर महिलामाथि थप हिंसा समेत हुन थालेको छ । महिलामाथि भइरहेको थिचोमिचो जस्ता विषयमा नजरअन्दाज गर्ने समाज महिलाको तीजको खर्चलाइ निकै महत्वका साथ हेर्छ। तथापी हामी महिलाहरुले अरु महिला पाएको दुःख अनि हिंसामा कति संबेदनसिल छौ ? हामि आफ्नो यत्रो ठूलो महत्व बोकेको चाडलाई कता कसरी मनाउँदैछौ र किन यस्तो बिबादास्पद बनाउदै गइरहेका छौँ अब यसबारे पनि सोच्ने की ? तीजमा सामान्य छाक पनि नजुर्ने महिलाहरुले हाम्रो खर्चिलो र भड्किलो चाड मनाइले यो एउटा बिशेष महत्व बोकेको चाड माथि उनीहरुको विश्वास र आस्था गुम्ने खतरा त छँदैछ भने जस्तो खानपिन र गरगहना नहुँदा लुकेर बस्ने गरेको पाइएको छ । ति महिलाहरु पनि सहजै हाम्रो रमाइलोमा सहभागी हुनेगरी भब्य चाड मनाउँदा हामी विवाद रहित बन्न सक्छौ। यसको जगेर्ना गर्ने पनि हाम्रै दायित्व हो । हाम्रो भड्किलो र असमान तीज मनाइले कतै यस्तो महान चाडको अवमुल्यन त भएको छैन ?

हाल कोरोना भाइरस (कोभिड १९) का कारण बिश्वमा महामारी फैलिएको छ । हामी पनि यसको प्रभावबाट मुक्त छैनौ । सारा बिश्व दुःखमा छ । अहिलेको संबेदनशिलतालाइ बुझेरै होला यो पटक तीजको रौनक निकै कम छ । अहिलेको विषम अवस्थामा यही कदम सहि हो र हाम्रो उत्तरदायित्व पनि हो । हामी नारीहरुमा उत्तरदायित्व बहन गर्न सक्ने ठुलो शक्ति छ । त्यसैले होला “तीज त फेरी फेरी मनाउला यसपाली घरमै बसी रमाउला “ भन्दै यो अवस्थामा सामान्य तरिकाले आफ्नो र परिवारको स्वास्थ्यको ख्याल राख्दै तीज मनाऔँ । सम्पूर्ण हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नारी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?