मधेस सहिद लोकमार्ग निर्माण गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
५९ पटक हेरिएको
Shares
मधेस सहिद लोकमार्ग निर्माण गरिने

सारांश

  • महेन्द्रनगर (धनुषा) ।
  • मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
  • जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन)सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए ।

महेन्द्रनगर (धनुषा) । मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन)सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए । मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गरे ।

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ । दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि रु दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल