प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा प्रेमिकाको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा प्रेमिकाको हत्या

सारांश

  • श्रावण ११, २०७४- प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ।
  • मुसिकोट नगरपालिका–१ पौंदीअमराईकी ३५ वर्षीया गीता नेपाली असार २६ मा बडीगाड खोला किनारमा मृत अस्थामा फेला परेकी थिइन्।
  • उनको हत्या गरेको आशंकामा बागलुङको बढीगाड गाउँपालिका–२ राक्सेका हीरा बलामीलाई प्रहरीले पक्राउ गरेको छ।

श्रावण ११, २०७४- प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ।

मुसिकोट नगरपालिका–१ पौंदीअमराईकी ३५ वर्षीया गीता नेपाली असार २६ मा बडीगाड खोला किनारमा मृत अस्थामा फेला परेकी थिइन्। उनको हत्या गरेको आशंकामा बागलुङको बढीगाड गाउँपालिका–२ राक्सेका हीरा बलामीलाई प्रहरीले पक्राउ गरेको छ। बलामीले प्रेम र शारीरिक सम्बन्धपछि गीताले विवाहका लागि दबाब दिँदा हत्या गरेको स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए।

‘सम्बन्ध बनाएपछि उमेर र जात नमिल्ने भनेर मारेको भन्ने बयानमा स्वीकारेका छन्। दुईबीच प्रेम र अनुचित सम्बन्ध दुवै देखियो, उनले भने, ‘गीताले विवाह नगरे प्रहरीमा उजुरी गर्छु भनेपछि हत्या गरेर बडीगाड खोलामा फालेको स्वीकार गरेको छ।’ प्रहरीका अनुसार बलामीको उमेर १८ वर्ष र मृतकको उमेर ३५ वर्ष छ। तीन सन्तानकी आमा गीताको श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि माइतीमा बस्दै आएकी थिइन्। बलामीले असार २५ गते नै हत्या गरेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?