पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने

सारांश

  • काठमाडौं, पुस १२ ।
  • माओवादी केन्द्रले सरकार गठनअघि नै पार्टी एकताको बारेमा ठोस सहमति नबने एमालेको नेतृत्वमा बन्ने सरकारलाई बाहिरै बसेर समर्थन गर्ने पक्षमा रहेको बताएको छ ।
  • पार्टी एकताबारे ठोस सहमति नभएमा एमाले एक्लैलाई सरकार बनाउन सहयोग गर्ने माओवादीका एक नेताले शिखरन्यूजलाई जानकारी दिए ।

काठमाडौं, पुस १२ । माओवादी केन्द्रले सरकार गठनअघि नै पार्टी एकताको बारेमा ठोस सहमति नबने एमालेको नेतृत्वमा बन्ने सरकारलाई बाहिरै बसेर समर्थन गर्ने पक्षमा रहेको बताएको छ ।

पार्टी एकताबारे ठोस सहमति नभएमा एमाले एक्लैलाई सरकार बनाउन सहयोग गर्ने माओवादीका एक नेताले शिखरन्यूजलाई जानकारी दिए ।

पार्टी एकताबारे अनेकौं टिकाटिप्पणी भइरहेको बेला एमाले अध्यक्ष केपी ओली भने मौन छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले भने एकता हुने विषयमा कुनै पनि शंका नगर्न आग्रह गरेका छन् ।

दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमाले–माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर घेरेको छ ।

५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । जसले गर्दा पनि एमाले–माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ ।

ओली–प्रचण्डबीच अविश्वास जन्मँदै गर्दा दुई पार्टीबीच एकताका लागि निर्माण भएको एकता संयोजन समितिको बैठक १५ कात्तिक यता बसेको छैन् । समितिको बैठक बस्ने भनिए पनि प्राविधिक कारणले सर्दै आएका छन् ।

ओली र प्रचण्डबीच बुधबार (आज) भेटवार्ता हुने भएको छ । भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?