कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
४० पटक हेरिएको
Shares
कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार

सारांश

  • काठमाडौं।
  • उपनिवार्नचनको मिति नजिकिएसँग दलहरुले धमाधम उम्मेद्वार चयन गरिरहेका छन्।
  • सत्तारुढ दल नेकपाले कास्की–२ विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

काठमाडौं। उपनिवार्नचनको मिति नजिकिएसँग दलहरुले धमाधम उम्मेद्वार चयन गरिरहेका छन्। सत्तारुढ दल नेकपाले कास्की–२ विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसैगरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आइतबार बस्ने पदाधिकारी बैठकले उम्मेद्वार चयन गर्दैछ। यसैगरी साझा पार्टीले रजनी केसीलाई कास्की–२ बाट उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।
यसैबीच समाजवादी पार्टीले मंरिस १४ मा हुने उपनिर्वाचनमा कास्की–२ बाट उम्मेद्वार घोषणा गरेको छ।

समाजवादी पार्टीले कास्की–२ बाट इन्जिनियर धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। यसैगरी समाजवादी पार्टीले प्रदेशसभा अन्तर्गत बाग्लुङ–२ (ख) मा अशोककुमार बिक र दाङ–३ (ख) बाट डिल्लीबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?