१४ जना नक्कली परीक्षार्थी पक्राउ
सारांश
- १४ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
- सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार १४ जना पक्राउ परेका हुन् ।
- नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ ।
१४ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार १४ जना पक्राउ परेका हुन् ।
नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया