नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

सारांश

  • नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।
  • सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
  • सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सोही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजक समेत रहनु भएका बिशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासंग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरु बीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गर्नु भयो ।

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्नु हुने सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागीता रहने छ ।

मंगलबार भएको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र विभागीय प्रमुख सुनिता मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
नयाँ मन्त्रीहरुको सपथ चार बजे
नयाँ मन्त्रीहरुको सपथ चार बजे
लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प
लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना

तपाईंले छुटाउनुभयो कि?