सार्क बिउँझाउने मोदीको टेलिफोन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सार्क बिउँझाउने मोदीको टेलिफोन

सारांश

  • काठमाडौं, १८ पुस ।
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले पुनः जीवन पाउने, नपाउने बहस सुरु भएको छ।
  • भारत–पाकिस्तान तनावका कारण सार्कको गति शुन्य छ ।

काठमाडौं, १८ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले पुनः जीवन पाउने, नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनावका कारण सार्कको गति शुन्य छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षको अवसरमा सार्क नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको हो। विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अथ्र्याएका छन्। मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए। तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन्।

सार्क अध्यक्षका नाताले नेपाली कूटनीतिज्ञले समेत अनौपचारिक रूपमा चासो देखाएका छन्। सार्क सचिवालयले पनि यसमा चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग सोधखोज गरेको एक अधिकारीले बताए। सार्कमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। मोदीले सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या र यस क्षेत्रको समग्र राजनीतिबारे छलफल गरेका थिए।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
दृष्टिविहीन खेलाडीको कीर्तिमान
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ
गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ