म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २३, २०७७
|
|
२४ पटक हेरिएको
Shares
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई दाउमा राखेर पद जोगाउन खोजेको आरोप लगाएका छन् ।
  • उनले राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै अहिलेको अवस्थामा आफू भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउन कदम चाल्ने समेत बताए ।
  • ‘म हुन्थे भने अविश्वासको प्रस्ताव लाँदैछन् भन्ने जानकारी पाएपछि त्यस अगावै राजीनामा दिन्थें र पार्टी जोगाउँथे,’ गौतमले राष्ट्रियसभा बैठकमा भने,‘आज पार्टी विभाजित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई दाउमा राखेर पद जोगाउन खोजेको आरोप लगाएका छन् । उनले राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै अहिलेको अवस्थामा आफू भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउन कदम चाल्ने समेत बताए ।

‘म हुन्थे भने अविश्वासको प्रस्ताव लाँदैछन् भन्ने जानकारी पाएपछि त्यस अगावै राजीनामा दिन्थें र पार्टी जोगाउँथे,’ गौतमले राष्ट्रियसभा बैठकमा भने,‘आज पार्टी विभाजित भएको छ ।’ आफूलाई अविश्वासको प्रस्ताव लाने पक्षले लाँदैछन् भन्ने जानकारी नदिएको र प्रधानमन्त्री ओलीले पनि संसद विघटन गर्न लागेको जानकारी नदिएको खुलाए ।

आफूलाई यो कदमको अग्रिम जानकारी भएको भए रोक्न प्रयास गर्ने समेत बताए । विगतमा पनि दुर्घटना रोक्न आफूले भूमिका खेलेको सुनाए । गौतमले आफूले नेकपा एकता जोगाउन बारम्बार प्रयास गरेको र अझै गर्ने बताए ।

कानुनी रुपमा नेकपा विभाजन नभएकोले एकताको पहल भइरहने बताए । गौतमले आफूले एकता अभियान चलाउन लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?