भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि

सारांश

  • काठमाडौं।
  • आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ।
  • शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो।

काठमाडौं। आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो। भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो।

शनिबारको खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरी क्लासेनले आक्रामक ब्याटिंग गर्दै ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। २७ बल खेलेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै क्वीन्टन डिककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए।

भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदिप सिंहले २/२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेठ गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस्तै अक्षर पटेलले ४७ तथा शिवम दुबेले २७ रन बनाए।

दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्कियाँले २/२ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
सुनको भाउ बढयो, मंगलबार कतिमा हुदैछ कारोबार ?
सुनको भाउ बढयो, मंगलबार कतिमा हुदैछ कारोबार ?
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’

तपाईंले छुटाउनुभयो कि?