ओलीले प्रचण्डबारे भने; हिजो जङ्गल बस्नुभएको थिएन, जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १५, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अब जाने ठाउँ कहीं नरहेको बताए ।
  • उनले प्रचण्ड चुनावै पिच्छे ठाउँ फेर्दे उम्मेदवार भएको उल्लेख गर्दै अब कतै जाने ठाउँ नरहेको टिप्पणी गरे ।
  • ट्रेड युनीयनको राष्ट्रिय कार्यकर्ता भेलामा आफू पक्षीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै ओलीले अब प्रचण्ड जाने ठाउँ कतै रहेन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अब जाने ठाउँ कहीं नरहेको बताए । उनले प्रचण्ड चुनावै पिच्छे ठाउँ फेर्दे उम्मेदवार भएको उल्लेख गर्दै अब कतै जाने ठाउँ नरहेको टिप्पणी गरे ।

ट्रेड युनीयनको राष्ट्रिय कार्यकर्ता भेलामा आफू पक्षीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै ओलीले अब प्रचण्ड जाने ठाउँ कतै रहेन ? भनिरहँदा कतैबाट आवाज निस्कियोः जङ्खल । त्यसपछि ओलीले प्रचण्ड विगतमा पनि जङ्गलमा नबसेको र अहिले पनि नबस्ने टिप्पणी गरे ।

ओलीले भने, ‘ न हिजो बस्नुभएको थियो न अब बस्नुहुन्छ । हिजो जङ्गल बस्नुभएको थिएन दिल्ली, लखनऊ र नोयडामा हुनुहन्थ्यो ।’ माओवादी जनयुद्धकालमा प्रचण्ड कहिल्यै जङ्गल नबसेको र आरामदायी जीवन भारतमा बिताएको बताए । उनले भने,‘जङ्गलमा लडाकुलाई बसाउनुभयो, अरुलाई बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’

माओवादीका मुख्य नेताहरु जनयुद्धकालमा भारतको दिल्ली, नोयडा जस्ता शहरहरुमा बसेको विगतमा खुलासा भइसकेको थियो । यही विषयलाई प्रधानमन्त्री ओलीले आज उल्लेख गरे । दिल्लीमै तत्कालिन माओवादीसँग सात राजनीतिक दलले १२ बुँदे समझदारी गरेका थिए । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई दिल्लीमै भेटेका थिए । उक्त भेटमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला पनि सहभागी थिए ।

नेकपा विभाजनपछि प्रचण्डको चर्को आलोचना गर्दै आएका प्रधानमन्त्री ओलीले प्रचण्डको विगत र वर्तमान जीवनशैलीबारे कडा टिप्पणी गरेका हुन् ।

(fii-institute)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो
स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो
पैसाबाट कोरोना सर्ने सम्भावना बढी
पैसाबाट कोरोना सर्ने सम्भावना बढी
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्याे
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्याे
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
३३ किलो सुन प्रकरण : फेरि अर्का व्यापारी पक्राउ !
सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा, को–को हुन् ? (सूचीसहित)
सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा, को–को हुन् ? (सूचीसहित)
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”

तपाईंले छुटाउनुभयो कि?