ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी

सारांश

  • ललितपुर, २५ जेठ ।
  • ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ ।
  • सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १ हजार कुखुरा नष्ट गरिएको छ ।

ललितपुर, २५ जेठ । ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १ हजार कुखुरा नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ ।

बर्डफ्लू नियन्त्रण कार्य जारी रहेको छ । मारिएको कुखुराको गन्ने काम जारी रहेको प्रमुख शाहले भने । प्रमुख शाहका अनुसार बडीखेलको महादेवडाडालाई बर्डफ्लू संक्रमित क्षेत्र घोषणा गरि पँक्षी र पँक्षीजन्य बस्तु नष्ट गर्ने कार्य जारी रहेको छ ।

अन्य ठाउँको पनि वर्डफ्लू संक्रमण भए नभएको अध्ययन भैरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Roman Pradhan

    सब हावा कुरा काम पाउदैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?