सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर

सारांश

  • सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एपमा ह्याक गर्ने क्रम दिनहु बढ्दै गइरहेको छ ।
  • कलाकारहरुको पनि ह्याकरले एकाउण्ट ह्याक गरेर रकम माग्ने गरेका छन् ।
  • कलाकारहरु दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार दयाराम पोण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एपमा ह्याक गर्ने क्रम दिनहु बढ्दै गइरहेको छ । कलाकारहरुको पनि ह्याकरले एकाउण्ट ह्याक गरेर रकम माग्ने गरेका छन् ।

कलाकारहरु दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार दयाराम पोण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ । बिहीबार काठमाडौं उपत्यकाका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै कलाकारहरुले निवेदन दिएका हुन् ।

निर्देशक तथा कलाकार दीपाश्रीले फेसबुकबाट ह्याकरले एकजनालाई एक लाख माग्दै बैंक खाता समेत पठाएको बताइन् । त्यस्तै, अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिहरुसँग च्याटमा कुरा गरेर पैसा मागेको बताए । पत्रकार दयाराम पाण्डेले पनि आफ्नो फेसबु्कबाट बिभिन्न बहानामा ह्याकरले पैसा मागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?