महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?

सारांश

  • काठमाडौं।
  • नेकपा सांसद महेश बस्नेत हक्की स्वभावका छन्।
  • उनी मनमा लागेको र देखेको कुरा भन्नलाई कुनै धक मान्दैनन्।

काठमाडौं। नेकपा सांसद महेश बस्नेत हक्की स्वभावका छन्। उनी मनमा लागेको र देखेको कुरा भन्नलाई कुनै धक मान्दैनन्। प्रतिनिधिसभा नियमित उपस्थिति हुने बस्नेत समसायमिक विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछन्।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बस्नेतले विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्न माग गरे।

‘सार्वजनिक लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौता उठ्न बाँकी रहेको कुरा उठाउनुभयो। त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाट बिजुली प्रयोग गरे पनि नगरे पनि भारु ६.६८ वा नेपाली १० रुपैयाँ ६८ पैसा तिर्नुपर्ने बारेमा प्रश्न उठाउनुभयो’, उनले संसद बैठकमा भने, ‘यो प्रश्न उठाइसकेपछि मिडिया र सोसल मिडियाले उहाँलाई तल्लो स्तरमा ओर्लेर गाली गरे । स्वयं कुलमानजीले मलाई घेराबन्दी गरियो ।

मलाई अनेक आरोपहरु लगाइयो भनेको पनि सुनियो । यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् । र दोषीलाई कारबाही गरोस् !’केही समयअघि नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र नेकपा सांसद अमनलाल मोदीबीच सार्वजनिक लेखा समितिको बैठकमा आरोप प्रत्यारोप भएको थियो।बस्नेतले प्राधिकरण प्रमुख कुलमान घिसिङले गरेका राम्रा काममा सबैको साथ र सहयोग रहे पनि सांसद अमनलाल मोदीले उठाएका कुरा गम्भीर रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?