ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
सारांश
- काठमाडौं, साउन १३ – ओएस नेपाल डटकम नामक अनलाइनको माध्यमबाट आयोजना भएको ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइएको छ ।
- ललितपुरको झम्सिखेलमा भएको कार्यक्रममा १ सय भन्दा बढी बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।
- विभिन्न विधाका सर्वोत्कृष्ट एक एक जनालाई आगामी भदौ महिनामा अवार्ड वितरण गर्ने आयोजक टिमका संयोजक बिबेक कार्कीले जानकारी दिनुभयो ।
काठमाडौं, साउन १३ – ओएस नेपाल डटकम नामक अनलाइनको माध्यमबाट आयोजना भएको ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइएको छ ।
ललितपुरको झम्सिखेलमा भएको कार्यक्रममा १ सय भन्दा बढी बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो । विभिन्न विधाका सर्वोत्कृष्ट एक एक जनालाई आगामी भदौ महिनामा अवार्ड वितरण गर्ने आयोजक टिमका संयोजक बिबेक कार्कीले जानकारी दिनुभयो ।

विभिन्न विधामध्ये आधुनिक गीततर्फ उत्कृष्ट म्यूजिक भिडियो निर्देशनमा ‘आज पनि’ बोलको गीतका लागि निर्देशक मनोज विष्ट पनि नोमिनेसनमा परेका छन् । विष्टसँगै यस विधामा सोनम पाख्रिन, प्रकाश धिताल, निकेश खड्का र बिशाल भण्डारी नोमिनेसनमा परेका छन् । उत्कृष्ट छनोटका लागि दर्शकले भोट गर्न सक्नेछन् । भोटिङका लागि अंग्रजी अक्षर ‘ओएसएनएम’ टाइप गरेर स्पेस दिई भोटिङ कोड राखि ३३००१ मा भोट गर्न सकिनेछ ।
प्रतिक्रिया