फिल्म ‘हिजोआजका कुरा’ बनाउँदै सन्तोष पन्त, छोराले निर्देशन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
फिल्म ‘हिजोआजका कुरा’ बनाउँदै सन्तोष पन्त, छोराले निर्देशन गर्ने

सारांश

  • काठमाडौं।
  • नेपाली टेलिभिजन दर्शकका लागि एक अविस्मरणीय पात्र हुन् कलाकार सन्तोष पन्त।
  • उनले नेपाल टेलिभिजनमा टेलिसिरियल ‘हिजोआजका कुरा’ ५ सय ६५ भाग निरन्तर चलाए।

काठमाडौं। नेपाली टेलिभिजन दर्शकका लागि एक अविस्मरणीय पात्र हुन् कलाकार सन्तोष पन्त। उनले नेपाल टेलिभिजनमा टेलिसिरियल ‘हिजोआजका कुरा’ ५ सय ६५ भाग निरन्तर चलाए। त्यसैले पनि पुराना दर्शकमाझ ‘हिजोआजका कुरा’ र सन्तोष पन्त पर्यायजस्तै हो।त्यो कार्यक्रमको लोकप्रियता यति थियो की उनको घरअगाडि कलाकार बन्न चाहनेको लाइन लाग्थ्यो। ‘हिजोआजका कुरा’ मार्फत् धेरै कलाकारहरुले ‘प्लेटफर्म’ पाएका छन्।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बूढा) जितु नेपाल, दमन रुपाखेती लगायत सोही कार्यक्रमकै उत्पादन हुन्।अब सोही लोकप्रिय टेलिसिरियलको नामबाट ‘हिजोआजका कुरा’ नामक फिल्म बन्ने भएको छ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा सन्तोषले नै फिल्म निर्माण गर्न लागेका हुन्। फिल्मलाई उनका छोरा साकार पन्तले निर्देशन गर्नेछन्। साकार अष्ट्रेलियामा फिल्मकै विषयमा पढेर नेपाल आएका हुन्।सन्तोषले शुक्रबार एक कार्यक्रमकाबीच यो फिल्मको निर्माण घोषणा गर्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?