सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ९, २०७८
|
|
३२ पटक हेरिएको
Shares
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले सोमबारमात्र रिट दायर गर्ने भएको छ ।
  • आज दिनभर विघटित प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर संकलन गर्न समय लागेपछि भोलिमात्र रिट दायर हुने भएको हो ।
  • राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवालाई बहुमतको सरकारको प्रधानमन्त्री बनाउन निवेदन दर्ता गर्दा हस्ताक्षरकर्ता तत्कालीन सांसदहरुको हस्ताक्षर आज संकलन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले सोमबारमात्र रिट दायर गर्ने भएको छ । आज दिनभर विघटित प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर संकलन गर्न समय लागेपछि भोलिमात्र रिट दायर हुने भएको हो ।

राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवालाई बहुमतको सरकारको प्रधानमन्त्री बनाउन निवेदन दर्ता गर्दा हस्ताक्षरकर्ता तत्कालीन सांसदहरुको हस्ताक्षर आज संकलन भएको छ । तर, एमाले र जसपाका कतिपय हस्ताक्षरकर्ताले आज अनुपस्थिति जनाए ।

एमालेबाट २६ जनामध्ये २० मात्र हस्ताक्षर गर्न पुगेको बुझिएको छ । जसपाबाट पनि हस्ताक्षर गर्न सबै हस्ताक्षरकर्ता नपुगेको बुझिएको छ । यसकारण पनि रिट दायर गर्न भोलिलाई सारिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?