बन्ला त बाहिरी चक्रपथ परियोजना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
बन्ला त बाहिरी चक्रपथ परियोजना

सारांश

  • काठमाडौं ।
  • लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
  • समितिको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय गरेको छ ।

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय गरेको छ । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महीनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताए । एक सय ८५ नगरपालिकामा एकीकृत शहरी पूर्वाधारको अध्ययन भइरहेको बताए ।

बैठकमा सांसदहरुले एकदशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ अझै शुरु हुन नसक्नुका कारण सोधेका छन् । सबै निकायका सरोकारवाला अधिकारीलाई बोलाई छलफल गरिनुपर्ने बताए । बाहिरी चक्रपथ, नयाँ शहर, स्मार्ट सिटीलगायत काम गर्दा समन्वयात्मकरुपमा गर्ने गरी संयन्त्र बनाइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?