नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको बताएकी छिन् ।
- उनले बजारमा नगद अभाव भएको भन्दै नेपाली नोट र नगद प्रवाहको अवस्था यथार्थ सदनलाई जानकारी गराउन माग समेत गरेकी छिन् ।
काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको बताएकी छिन् । उनले बजारमा नगद अभाव भएको भन्दै नेपाली नोट र नगद प्रवाहको अवस्था यथार्थ सदनलाई जानकारी गराउन माग समेत गरेकी छिन् ।
आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले विश्व आर्थिक मन्दीका बीचमा नेपालको वित्तीय क्षेत्र अस्थिर र संकटपूर्ण भएको बताइन् ।
उनले भनिन्, “विश्व आर्थिक मन्दीका बिचमा नेपालको वित्तीय क्षेत्र अहिले अस्थिर र संकटपूर्ण अवस्थामा पुगेको छ । बैंकहरूमा ५४ खर्ब ३६ अर्ब डिपोजिटमा ४८ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ, ।”‘जसले २१७ अर्ब कर्जा प्रवाह गर्न सक्छन् तर बैँकहरुमा ७० अर्ब मात्र कर्जा दिने अवस्थामा रहेका छन् । यो बीचमा बजारबाट पैसा हराएको भनी विभिन्न हल्लाहरु बाहिर आएका छन् । हिजो राष्ट्र बैँकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरण सार्वजनिक ग¥यो । तर त्यसले यो मुद्दालाई प्रष्ट पार्न सकेको छैन ।’
सभामुखलाई त्यसबारे प्रष्ट जानकारी सदनलाई समेत उपलब्ध गराउन निर्देशन गर्न उनले आग्रह गरिन् ।
प्रतिक्रिया