पारस खड्काले लिए सन्यास
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
- मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।
- सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।’ उनले समाजिक सञ्जालमा अगाडी उल्लेख गरेका छन् ‘नेपालको लागि खेल्नु मेरो जीजनको सर्वश्रेष्ठ उपलब्धि हो । २००२ मा १५ बर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु ।
क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो मूमिका निर्वाह गरे । मेरो जीजनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सराकारवालाहरुको संयुक्त प्रयासको आश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाईमा पु¥याउनेछौ ।’
खड््काले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुङ्गीएको जनाउँदै नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै बामे सर्दे जाने बताएका छन् । मैदान भित्रका दुई दशक आफ्ना लागि जीवन रहुन्जेल मिठो यादका रुपमा रहने जनाउँदै उनले सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया