एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केका छन् ।
  • साताव्यापी मानसरोवर यात्रामा गएका अध्यक्ष ओली आज स्वदेश फर्केका हुन ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केका छन् ।

साताव्यापी मानसरोवर यात्रामा गएका अध्यक्ष ओली आज स्वदेश फर्केका हुन ।

स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले मधेसवादी दलहरु कांग्रेसको षडयन्त्रमा फसेको टिप्पणी गरे ।

“२ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको चुनावमा राजपालाई सहभागी हुन नदिन कांग्रेसले दाउपेच गरिरहेको छ, तपाईहरु त्यसको सिकार नबन्नुहोस ।’ ओलीले भने ।

मानसरोबर यात्राका क्रममा अध्यक्ष ओलीले तिब्बत सरकारका उच्च अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । ओलीले आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौता कार्यन्वयनका लागि चीनले चासो दिएको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?