सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
२० पटक हेरिएको
Shares
सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार

सारांश

  • काठमाडौं, साउन १४ ।
  • नेपालका पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्दै गएको छ ।
  • मंगलबार तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं, साउन १४ । नेपालका पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्दै गएको छ ।मंगलबार तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको कारोबार मूल्य हालसम्मकै सबै भन्दा बढी हो ।

सुनको मूल्यले नयाँ रेकर्ड राख्दै जाँदा बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढ्दै गएपछि लकडाउन खुकुलो भएयता सुन किन्ने भन्दा बेच्नेहरु बढदै गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?