लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति

सारांश

  • लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ ।
  • एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।
  • दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको लागि प्रदेश सभा सचिवालयलाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।

दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको लागि प्रदेश सभा सचिवालयलाई कारबाहीको लागि सिफारिस गरेको थियो । तर, सभामुख पूर्ण बहादुर घर्तीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै एमालेले ध्यानाकर्षण समेत गराएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने ‘कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छ’।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?