खोलाले बगाउँदा दाजु बहिनीको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
खोलाले बगाउँदा दाजु बहिनीको निधन

सारांश

  • रुकुमपश्चिम ।
  • रुकुमपश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ ।
  • चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको हो ।

रुकुमपश्चिम । रुकुमपश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको हो ।

रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए । ‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो । स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने । हावाहुरीले चौरजहारी नगरपालिकाका अधिकांश वडामा क्षति पुर्‍याएको उनले बताए । घरका छाना उडाउनुका साथै भित्र्याउने बेला भएको मकै, तिल आदि बालीमा पनि व्यापक क्षति पुर्‍याएको थियो ।

हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए । विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए ।

चौरजहारी क्षेत्रमा पछिल्लो २४ घन्टामा ४४.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?