मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने

सारांश

  • तनहँु, २५ जेठ , नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ ।
  • बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् ।
  • सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ ।

तनहँु, २५ जेठ , नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ ।

बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् । सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ ।”

बहुलवादमा आधारित संघीयता उचित भएको बताउँदै नेता पौडेलले अब अन्य शासन प्रणाली स्थापना गर्न नभई प्राप्त अधिकारको सदुपयोग गरी समृद्धिको बाटामा लाग्नुपर्ने बताउनुभयो ।

अकोराबका अध्यक्ष सुवास खतिवाडाले दुर्गम ठाउँम नाफा नहुने हुँदा निजी रेडियो अन्यन्त न्यून संख्यामा सञ्चालन गरिएको छ भन्दै समुदायलाई सुुसूचित गराउन सामदायिक रेडियोको ठूलो भूमिका खेलेको बताउनुभयो । सो अवसरमा प्रदेश नं. ४ मा पहिलो पटक सामुदायिक रेडियो स्थापना गर्ने पोखरास्थित हिमचुली एफएमका अध्यक्ष इञ्जिनीयर लेखबहादुर गुरुङलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

(newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?