आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
सारांश
- काठमाडौँ, १५ साउन – साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते आइतबार दुग्ध पदार्थबाट तयार गरिएको खिर भोजन गरी साउन पन्ध्र मनाइँदै छ ।
- वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ, गोरखापत्रमा खबर छ ।
- असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
काठमाडौँ, १५ साउन – साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते आइतबार दुग्ध पदार्थबाट तयार गरिएको खिर भोजन गरी साउन पन्ध्र मनाइँदै छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ, गोरखापत्रमा खबर छ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
आर्यघाटका वैद्य सुवर्ण वैद्यले मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको बताए । वैद्यका अनुसार खिरमा मिसाइने यी मसलाले यो याममा निकै फाइदा गर्छ र शरीरको तापमान सन्तुलन गराउँछ ।
कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन रहेको वैद्यले बताए ।
असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ ।यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।
प्रतिक्रिया