कोरोनाबाट संक्रमित हुने पत्रकारको अवस्था

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २०, २०७८
|
|
३७ पटक हेरिएको
Shares
कोरोनाबाट संक्रमित हुने पत्रकारको अवस्था

सारांश

  • विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ ।
  • हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ ।
  • संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ ।

संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ भन्दै यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी रहेको जनाएको छ ।

महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारहरुलाई अपिल गरेको छ ।

हासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ ।’

साथै, महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको जनाएको छ । महासंघले कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिजन्स बैंकले  २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
सिटिजन्स बैंकले २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
केही दिन भित्रै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री
केही दिन भित्रै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?
यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?
स्थानीयस्तरमा स्यानेटरी प्याड उत्पादनमा जोड
स्थानीयस्तरमा स्यानेटरी प्याड उत्पादनमा जोड
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?