सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
सारांश
- अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान दिएको अभिलेख पाइन्छ ।
- कलिंगको भयानक युद्ध पश्चात बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए ।
- छोरी संघमीता र छोरा महेन्द्रलाई उनले बौद्ध धर्मको प्रचारका लागि श्रीलंका पठाएका थिए ।
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान दिएको अभिलेख पाइन्छ । कलिंगको भयानक युद्ध पश्चात बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । छोरी संघमीता र छोरा महेन्द्रलाई उनले बौद्ध धर्मको प्रचारका लागि श्रीलंका पठाएका थिए ।
सम्राट अशोकले आठ स्थानमा राखिएको बुद्धको अष्टधातुलाई ८४ हजार भागमा विभाजित गरी त्यति नै स्थानमा स्तुप, मन्दिर, विहार बनाउन लगाएका थिए । उनले बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । पूर्ववर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।
वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ ( ब्राह्मणवाद र स्रमणवाद । ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने श्रामेणरहरु अवैदिक थिए । श्रामेणरहरु आस्तिक र नास्तिक दुवै थिए । श्रामेणरहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधिपुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो । पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर ,त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनेको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो । होमादिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो । यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्श्निक प्रश्नमा विचारविमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गौतम वुद्धको जन्म भएको थियो ।
बुद्धले आफ्ना शिक्षालाई धम्म विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दुखमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न् ।
बुद्धले दु ःख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, “भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु र ती हुन् दुःख र दुःखमुक्तिको उपाय ।“ बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ ः शील, समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःखमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
प्रतिक्रिया