मतदाता नामावलीमा नाम लेखाउन भीड
सारांश
- श्रावण १५, २०७४- जिल्ला निर्वाचन कार्यालय रामेछापमा फोटोसहितको मतदाता नामावली दर्ताका लागि आइतबार बिहानैदेखि भीड लागेको छ ।
- सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् ।
- हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नाम नहुँदा आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै जिल्ला निर्वाचनअघि भेला भएका सर्वसाधारणहरु जति समय लागे पनि फोटो खिचाएर मात्र फर्कने बताउँछन् ।
श्रावण १५, २०७४- जिल्ला निर्वाचन कार्यालय रामेछापमा फोटोसहितको मतदाता नामावली दर्ताका लागि आइतबार बिहानैदेखि भीड लागेको छ । सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् ।
हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नाम नहुँदा आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै जिल्ला निर्वाचनअघि भेला भएका सर्वसाधारणहरु जति समय लागे पनि फोटो खिचाएर मात्र फर्कने बताउँछन् । रामेछाप नगरपालिका ८ का सन्तोष राय भन्छन्– मैरै परिवारका ६ जनाको नाम लेखाउनु छ, जति बेला भए पनि लेखाएर मात्र फर्कन्छु ।
जिल्लाभरिका मतदातालाई आजसम्म मात्र जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ताको समय दिइएको थियो । भोलिदेखि सम्बन्धित स्थानीय तहमै पुगेर नामावली संकलन गर्ने कार्यक्रम छ । जिल्ला निर्वाचन अधिकारी कपिलप्रसाद अधिकारीका अनुसार सदुरमुकाममा रहेको जिल्ला निर्वाचन कार्यालयमा साउन १ देखि सुरु भएको नामावली संकलन अभियानमा आजसम्म करिब २ हजारको हाराहारीमा नाम समावेश भएको छ ।
निर्वाचन आयोगले जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा सम्बन्धित स्थानीय तहको र अन्य स्थानीय तहमा अलग्यै टोली पठाएर मतदाता नामावली संकलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । सोमबारदेखि १७ दिनसम्म सम्बन्धित गाउँ र नगरपालिकाबाटै मतदाता नामावली संकलन हुने छ । त्यसपछि जिल्ला निर्वाचन कार्यालयबाट उक्त सेवा सञ्चालन हुने जनाइएको छ । इकान्तिपुर बाट ।
प्रतिक्रिया